Nepali नेपाली
बाल यौन शोषण: तथ्यहरू
बाल यौन शोषणको जोखिम कम गर्न हामी सबैले कार्यहरू गर्न सक्छौं। उदाहरणहरूमा निम्न समावेश छन्:
बाल यौन शोषणका बारेमा बुझ्ने,
जोखिमहरू कसरी पहिचान गर्ने र यदि बालबालिका वा नवयुवा व्यक्ति यौन शोषणको शिकार भएमा वा जोखिममा परेमा के गर्ने भन्ने कुरा जान्ने।
मेरो सुपरहिरो आवाज
'मेरो सुपरहिरो आवाज’ एक उमेर-उपयुक्त कथापुस्तक हो जसले सबै संस्कृति र पृष्ठभूमिका अभिभावक, हेरचाहकर्ताहरू तथा अन्य वयस्कहरूलाई बालबालिका र किशोरकिशोरीहरूसँग बाल यौन दुर्व्यवहारको बारेमा निवारणमूलक वार्तालाप गर्न मद्दत गर्दछ।
पूर्व-प्राथमिक विद्यालय (Preschool) जाने उमेरका बालबालिका
यो मार्गदर्शिकाले तपाईंलाई 0 देखि ५ वर्षसम्मका बालबालिकाहरूमाथि हुने यौन शोषणको बारेमा कुराकानी कसरी शुरू गर्ने भन्ने उदाहरणहरू प्रस्तुत गर्दछ।
प्राथमिक विद्यालय (Primary School)
यो मार्गदर्शिकाले तपाईंलाई ६ देखि ११ वर्षसम्मका बालबालिकाहरूमाथि हुने यौन शोषणको बारेमा कुराकानी कसरी शुरू गर्ने भन्ने उदाहरणहरू प्रस्तुत गर्दछ।
किशोरकिशोरीहरू
यो मार्गदर्शिकाले तपाईंलाई १२ वर्ष देखि १८ वर्षसम्मका बालबालिकाहरूमाथि हुने यौन शोषणको बारेमा कुराकानी कसरी शुरू गर्ने भन्ने उदाहरणहरू प्रस्तुत गर्दछ।